बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी महिलाले ४० वर्षमा जन्माइन् ४४ सन्तान, श्रीमान् घर छोडेर भागे !

आइतबार, १२ असार २०७९, १५ : ३०
आइतबार, १२ असार २०७९

धेरैजसो महिलाले आमा बन्ने सपना पालेका हुन्छन् । केही महिला आमा बन्न नपाउँदा आजीवन दुःखी रहन्छन् तर आज हामी तपाईंलाई यस्ती महिलाबारे जानकारी दिँदै छौँ जसले ४० वर्षको उमेरसम्म आइपुग्दा ४४ सन्तान जन्माइसकेकी छिन् ।

यी महिलाले परिवार नियोजनबारे सोच्दा डाक्टरले उनलाई यसका कुनै पनि तरिकाले उनीमाथि काम नगर्ने र यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या पनि निम्तिन सक्ने जानकारी दिएका छन् ।

यी महिलाले आफ्ना सन्तानको पालनपोषण एक्लै गरिरहेकी छिन् यी महिला को हुन् र कहाँ बस्छिन् ? यत्तिका बच्चा जन्माउनुको कारण के थियो ? यसबारे जानकारी लिऔँ ।

को हुन् ४४ सन्तान जन्माउने यी महिला ?

एनवाई पोस्टका अनुसार ४४ सन्तान जन्माउने यी आमाको नाम मरियम नबातान्ज हो जो पूर्वी अफ्रिकाको युगान्डामा बस्छिन् । हाल उनी ४३ वर्षकी भइन् र उनले ४० वर्षको उमेरसम्म ४४ बच्चालाई जन्म दिइसकेकी छिन् ।

मरियमले एकपटक मात्रै एउटा बच्चा जन्माइन् । उनले चार पटक जुम्ल्याहा, पाँच पटक तीनजना र चार पटक पाँच सन्तानलाई जन्म दिइन् । उनको ६ सन्तानको मृत्यु भइसकेको छ । अहिले जीवित ३८ बच्चामा २० छोरा र १८ छोरीहरु छन् । यी सन्तानलाई उनले एक्लै पालिरहेकी छिन् ।

१२ वर्षको उमेरमा भएको थियो विवाह

मरियम १२ वर्षको हुँदा उनका आमा–बुवाले उनलाई विवाहको बहानामा बेचिदिएका थिए । १३ वर्षको उमेरमा उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् । पहिलो सन्तानको जन्मपछि मरियमलाई महसुस भयो कि उनको फर्टिलिटी अन्य महिलाको भन्दा बढी छ । उनले लगातार यति धेरै बच्चा जन्माउन थालेपछि उनी डाक्टरलाई भेट्न गइन् र डाक्टरले उनलाई उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिए ।

यसकारण जन्मिए यति धेरै बच्चा

डाक्टरले मरियमलाई उनको डिम्बाशय असामान्य रुपमा ठूलो भएका कारण उनको शरीरमा हाइपर ओभ्युलेशन नामक स्थिति भएको जानकारी दिए । हाइपर ओभ्युलेट स्थिति वंशानुगत हुन्छ । यो स्थितिमा अत्यधिक बच्चा जन्माउने सम्भावना थुप्रै गुणा बढ्ने गर्छ ।

युगान्डाको राजधानी कम्पालास्थित मुलगो अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. चार्ल्स किगगुन्ड्डुले मरियमको स्थितिबारे जानकारी दिएकी छिन् । उनले भनिन्, ‘मरियमको फर्टिलिटी असाध्यै धेरै थियो, यसैकारण उनले धेरै बच्चा जन्माइरहेकी थिइन् । मरियमको स्थितिमा कुनै पनि परिवार नियोजनका साधनले काम गर्दैन र यदि यस्तो गरेको भए पनि उनलाई गम्भीर रोगको खतरा पनि हुन सक्थ्यो । ’

यद्यपि, हाइपर ओभ्युलेशनको उपचार त छ तर युगान्डाको ग्रामिण इलाकामा ती प्रविधि भित्रिनु निकै मुश्किल थियो ।

सन् २०१६ मा भागेका थिए श्रीमान्

जानकारीका अनुसार मरियमका श्रीमान् सन् २०१६ मा घरबाट सबै पैसा लिएर भागेका थिए । त्यसै वर्ष उनले आफ्ना सबैभन्दा कान्छो छोरालाई जन्म दिएकी थिइन् । मरियम आफ्ना सन्तानसँग उत्तरी कम्पालाबाट ३१ मिल टाढा खेतले घेरेको एउटा गाउँमा बस्छिन् । मरियमलाई उनका श्रीमानले छोडेर गएपछि एक महिलाले उनलाई केही बङ्क बेड दिएकी थिइन् । मरियम र बच्चा त्यसमा सुत्छन् । एउटा गद्दामा दुई बच्चा सुत्छन् ।

आफूलाई धोका दिने श्रीमानलाई सम्झिँदै उनी भन्छिन्, ‘म आँसुमा नै हुर्किएँ, मेरा श्रीमानले मलाई असाध्यै दुःखमा छोडेर हिँडे ।’

मरियमको सबै समय बच्चाको हेरविचार र पैसा कमाउँदैमा बित्ने गर्छ । उनले आफ्ना सन्तान हुर्काउनका लागि सबै काम गरिसकेकी छिन् जसमा कटिङ, फोहोर संकलन गर्नेछ, औषधी बेच्ने आदि ।

उनले कमाएको सबै पैसा खाना, लत्ताकपडा, औषधी उपचार र स्कुलको शुल्कले तुरुन्तै निल्छ ।

तर उनको घरको दुःखी भित्तामा स्कुलबाट स्नातक गरेका उनका केही सन्तानको तस्बिर झुण्ड्याइएको छ ।

उनको जेठो छोरा इभान किबु २० वर्षका पुगे । आमाले खर्च धान्न नसकेपछि उनले माध्यमिक विद्यालय छोड्न बाध्य भए ।

‘आमा अभिभूत हुनुहुन्छ,’ उनले भने, ‘उहाँहलाई कामले खाइरहेको छ ।’

‘हामीले उहाँलाई जति सक्दो मद्दत गरिरहेका छौँ, जस्तै खाना पकाउने, लुगा धुने तरपनि उहाँले अझै पनि परिवारको सम्पूर्ण बोझ बोक्नुहुन्छ । म उहाँलाई महसुस गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप