बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेटको कुरा संसदसम्म, बास्कोटाले उठाए सेभेन थ्री र क्यानको सम्झौता

आइतबार, १२ असार २०७९, १५ : ४४
आइतबार, १२ असार २०७९

प्रतिनिधिसभा बैठकमा सांसद गोकुल बास्कोटाले क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स बीचको सम्झौताको विषयमा कुरा उठाएका छन् ।  उनले नेपाली कम्पनीमा भारतीय कानुन हुनु निकै दुःखद कुरा भएको बताएका छन् । क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग क्यानको सबै अधिकारको बेच्ने सम्झौता गरेको थियो । 

यस्तो छ, बास्कोटाको प्रतिक्रिया :
सभामुख महोदय नेपालको एउटै खेल विश्वको वरीयताको अलिकति माथि छ भने त्यो क्रिकेट हो । १४ वटा वरीयताको टी–ट्वान्टी सिरिजमा, एकदिवसीय सिरिजमा रहेका देशहरु मध्य नेपाल पनि पर्छ । तर, यो सरकारले खेल मन्त्रालयले नेपालको सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्टस् प्राइभेट कम्पनी लिमिटेडको हातमा सुम्पियो । र, खेल क्षेत्रको क्रिकेट क्षेत्रको बन्ध्याकरण गर्यो त्यो पनि आठ वर्षका लागि । 

सबैलाई थाहा छ सभामुख महोदय । खेलाडीहरु लिगहरुमा हायर हुन सक्छन् । तर, यहाँ सम्पूर्ण खेलमाथिको नियन्त्रण एउटा भारतीय कम्पनीमा दिएको छ ।  र, त्यो क्यानलाई नेपाल सरकारले अनुदान दिन्छ । एउटा प्राइभेट कम्पनी जसलाई सम्पूर्ण खेल क्षेत्रको अधिकार दिएको छ । 

त्यो पनि सार्वजनिक खरिद ऐन मिचेर विना प्रतिस्पर्धा दिएको छ । यो खेदजन्य र गम्भिर आपत्तिको विषय छ ।  त्यतिमात्र छैन सभामुख महोदय त्यसमा कानुनी अधिकार । भारतको कानुन लाग्नेछ । प्रस्ट रुपमा त्यसको २१ नम्बर बुँदामा सम्झौतामा त्यो कुरा उल्लेख गरिएको छ । 

त्यसैगरी हाम्रा खेलाडीहरूको र यो खेल क्षेत्रको इन्टलेक्च्युअल राइट्स पनि ४२२ मा टेकेर त्यही नीजि कम्पनीलाई दिएको छ । यो कसरी हुन पुग्यो र यो खारेज हुनुपर्दछ ।  खेलकुद मन्त्रालयले यसको खारेज गर्नुपर्दछ । र खेल क्षेत्र हाम्रो देशमा तीनवटा यससम्बन्धि चलाउँदै आएका लिगहरु थिए । एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी र पोखरा ती अब कसैले काम गर्न सक्दैनन् । 

यस्तो अवस्थामा हाम्रो खेलकुद मन्त्रालयले लाने हो भने । खेलकुद मन्त्रालयको खेल काम छ ? मन्त्रीको के काम छ ? क्यानको के काम छ ? त्यसमा पैसा दिनुको के काम छ सभामुख महोदय । यो अत्यन्त दुःखद कुरा छ नेपालको खेल क्षेत्रका लागि ।

हामी सबैलाई थाहा छ, खेल क्षेत्रमात्र यस्तो त्यो क्षेत्र हो जो राष्ट्रिय एकताको, राष्ट्रिय संस्कृतिको, राष्ट्रिय आत्मविश्वासको र त्यसको आर्थिक क्षमताको पनि अन्तर्राष्ट्रिय जगतमा परीक्षण गर्ने, परिचय दिने र देशको गौरवमाथि उठाउने संस्था हो । हामी हेर्न सक्छौं । टुक्रिसकेको स्पेन २०१० को वर्ल्ड कप जित्दाखेरी एकतावद्ध भएको थियो । हामी हेर्न सक्छौ चीन अमेरिका बीचमा सम्बन्ध खतम भएको बेला त्यहाँ टेनिस खेलाडीले पिङ पङको डिप्लोमेसीको विकास पनि गरेका थिए । 

त्यसैले म भन्न चाहान्छु  सभामुख महोदय, हाम्रा सम्पूर्ण आन्तरिक खेलहरूलाई बन्धक बनाउने । र विदेशको एउटा कम्पनी । त्यसलाई सम्पूर्ण कानुनी अधिकार र पोपर्टी राइट दिने कुरा अत्यन्तै घातक छ । खेलकुद मन्त्रीजीले यसमा चर्चा आएका छन् । व्यापक आर्थिक अनियमितता भएको छ । तीन करोड ३० लाखमा दिएको छ । यो विषय के हो र विना प्रतिस्पर्धा दिएको छ । सरकारलाई कानुन लाग्दैन ? सरकारले कानुन मिच्न सक्छ ? 

प्रमादेशी हुनासाथ सबै कानुन पनि च्यापेको सभामुख महोदय म सोध्न चाहन्छु । विधिको शासन खोइ ? सुशासन भन्या हाइन ? खोइ सुशासन ? त्यसैले यो क्यानको चतुरबहादुर चन्दजीले एसरी चतुरक्याई गरेर देशको क्रिकेट क्षेत्रलाई खतम गर्नुभएको छ । यो साधारण विषय होइन । यसमा हामी सरकारको ध्यानकर्षित गर्छाै । मन्त्रीजीले तत्काल यस विषयमा चासो राख्नुपर्दछ । 

यसरी खेल क्षेत्रलाई बर्बादी बनाउने कुरा हुन सक्दैन । खेल क्षेत्रले यो फिर्ता लिनु पर्दैछ । त्यो सम्झौता च्यातिनुपर्दछ । यो पुनर्विचार गरिनुपर्दछ नयाँ सम्झौता गर्नु पर्दछ गर्ने भए ।  यसरी राष्ट्रिय आत्मविश्वास गुमाउन सकिँदैन । र भए भरको सबै अधिकार इन्डियन ल नेपालमा लागु हुने ? नेपालको कानुन खै ? यति नै भन्न चाहन्छु धन्यवाद सभामुख महोदय । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप