बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादबारे मन्थन : प्रचण्डदेखि चित्रबहादुर केसी समेत एकै ठाउँमा

आइतबार, १२ असार २०७९, १६ : ४३
आइतबार, १२ असार २०७९

‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’बारे मन्थन हुने भएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले असार १३ गते सोमबार सरोकारवालाहरूलाई एकै ठाउँ भेला गरेर समाजवादबारे अन्तरक्रिया गर्न लागेको हो । 

जसमा विज्ञहरु डा.खिमलाल देवकोटा, डा. बिमल फुयाँल, प्राडा ओम पुन, श्याम श्रेष्ठ, डा. युवराज संग्रौला र हरि रोकाले कार्यपत्र पेश गर्नेछन् । कार्यक्रममा वक्ताका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, काँग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता शंकर पोखरेल, जनता समाजवादीका नेता उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप