शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री झाँक्रीले पनि राजीनामा दिँदै

आइतबार, १२ असार २०७९, १६ : ४६
आइतबार, १२ असार २०७९

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ । स्रोतका अनुसार उनले कर्मचारीसँगको विदाई कार्यक्रम पनि आज नै राखिएको छ । 

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले राजीनामा दिने घोषणा गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप