शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साङ्लोले खाएको थियो यो विशेष चिज, अब नासाले यसको अवशेषको लिलामी रोक्ने

आइतबार, १२ असार २०७९, १६ : ५१
आइतबार, १२ असार २०७९

यस महिनाको सुरुवातमा बोस्टनको एउटा लिलामी घरमा दुर्लभ चिजको लिलामी गरियो । यसमा एउटा विशेष स्याम्पल बेच्नका लागि राखिएको थियो । अब नासाले यसको लिलामी रोकियोस् भन्ने चाहना राखेको छ । लिलामीमा राखिएको यो चिज नासाले संघीय सरकारको भएको दाबी गरेको छ ।

जुन चिजको यहाँ कुरा गरिएको छ, त्यो साङ्लोको अवशेष हो जसलाई अपोलो ११ मिसनबाट ल्याइएको चन्द्रमाको माटो खुवाइएको थियो । सन् १९६९ मा जब निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिनले पहिलो पटक चन्द्रमामा कदम राखेका थिए तब फर्किँदा उनीहरुले चन्द्रमाबाट माटो ल्याएका थिए । चन्द्रमाबाट २१.६ किलो माटो पृथ्वीमा ल्याइएको थियो ।

यहाँ यो माटोमार्फत् वैज्ञानिकले थुप्रै प्रयोग गरे । एक प्रयोगमा चन्द्रमाको माटो साङ्लोलाई खुवाइएको थियो । साङ्लोलाई माटो खुवाएर चन्द्रमाको माटोमा कुनै रोगजनक (प्याथोजन) त थिएन भनेर जान्ने कोसिस गरिएको थियो । यहाँको माटोमा कतै पृथ्वीमाथि जीवनको खतरा त छैन भनेर थाहा पाउने कोसिस पनि गरिएको थियो ।

लिलामीमा राखिएका चिजमा सन् १९७० मा डा. मेरियन ब्रुक्सद्वारा गरिएको परीक्षणबाट चन्द्रमाको बाँकी भएको माटो र ककरोच स्लाइड समावेश छन् । यी अझै पनि नासाको सम्पत्ति भएकोले यसलाई लिलामीमा राख्न नहुने बताइएको छ ।

नासाले आरआर अक्सनलाई पत्र लेखेर भनेको छ, ‘सबै अपोलो स्याम्पल जुन यो कलेक्सनमा राखिएको छ, त्यो नासाको हो र कुनै पनि व्यक्ति, विश्वविद्यालय वा अन्य संस्थालाई यसको विश्लेषण भएपछि वा खराब भएपछि कुनै पनि कामका लागि, विशेषगरी बेच्नका लागि राख्ने अनुमति दिइएको छैन ।’

यसमा थपिएको छ, ‘हाम्रो अनुरोध के छ भने तपाईंहरुले अपोलो ११ को लुनर सोइल एक्सपेरिमेन्ट (ककरोच, स्लाइट र टेस्टिङ स्पेसिमेन) मार्फत् जोडिएका कुनै पनि लिलामी तुरुन्त रोकिदिनुहोस् ।’

सन् २०१० मा डा. ब्रुक्सकी छोरीले यी सामग्री बेचिदिएकी थिइन् । कुनै अन्य व्यक्तिले ती सामग्री पुनः बेच्नका लागि लिलामीमा राखेका छन् । २२ जुनमा लेखिएको अर्को पत्रमा नासाका एक वकिलले अक्सन हाउस र स्याम्पलमा हालका मालिकलाई, स्याम्पल संघीय सरकारलाई फिर्ता गर्न भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप