बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनता आवास र सुरक्षित आवास कार्यक्रमबाट लाभ लिन मन्त्री झाँक्रीको आग्रह

आइतबार, १२ असार २०७९, १६ : ५९
आइतबार, १२ असार २०७९

सहरी विकासमन्त्री रामकुमारी झाँकीले भूकम्पबाट प्रभावित र निर्माण हुन बाँकी निजी आवास निर्माणका लागि संघीय सरकारको सशर्त अनुदानमा सञ्चालित जनता आवास कार्यक्रम र स्थानीय तहको सुरक्षित आवासको कार्यक्रम समावेश हुन सकिने बताएकी छन् ।
       
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै उनले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको कार्यकाल सकिएको र निर्माण हुन बाँकी अस्पताल, विद्यालय, सम्पदाजस्ता भवनको   निर्माण कार्य सम्बन्धित मन्त्रालयले लिएको र निजी आवासको माग गर्नेका लागि सरकारका अन्य कार्यक्रमबाट सहयोग लिन सकिने बताएकी हुन् ।
       
संविधानको मौलिक हकका रुपमा रहेको आवासको सुविधा र सहरका लागि बस्नलायक सौन्दर्यीकरण गर्नुपर्ने दायित्व सरकारको भएकाले यसका लागि लगानी र निरन्तर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले सोका लागि स्थानीय तहले ढल, फोहरमैला र सांस्कृतिक संरक्षणका लागि काम गर्ने गरी बजेट विनियोजन गरिएको जानकारी दिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप