शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुप र सौगातको ‘म्याडभेन्चर’ जोडिए स्वप्निल

आइतबार, १२ असार २०७९, १७ : ३१
आइतबार, १२ असार २०७९

अभिनेता अनुप बिक्रम शाहीको संचालन र सौगातमान सिंह बस्नेतको निर्देशन रहने एडभेन्चर रियालटी शो ‘म्याडभेन्चर’ मा चर्चित ब्याण्ड ‘स्याडोज’ का सदस्य स्वप्निल शर्मा भित्रिएका छन् । निर्देशक बस्नेतले शोमा स्वप्निल भित्रिएको जानकारी दिए ।

यात्रा र एडभेन्चरमा म्याडनेस थपेर रोचक र रोमान्चक यात्रा गराउने शो भर्सटाइल अभिनेता शाहीले ५ एपिसोडमा फरक फरक स्थानको परिचय दिनेछन् । रोचक शैलीमा निर्माण हुने शोको गीत र संगीतका लागि नेपाली रक संगीतमा चर्चित ब्याण्ड ‘स्याडोज’ का स्वप्निलको अलवा प्रसिद्ध टिम फज फ्याक्ट्रीका रोहित शाक्य पनि टिममा रहनेछन् ।

यात्रा, संगीत र एडभेन्चरले भरिपुर्ण यस शोको अझै तयारी भइरहेको छ र रोचक बनाउन कुनै कसुर बाँकी नराखिने निर्देशक बस्नेतको भनाई रहेको छ । प्रचार प्रसार समेत नयाँ ढंगबाट भइरहेको शो नेपाली ट्राभल तथा टुरिजम क्षेत्रका लागि एउटा महत्वपूर्ण दस्तावेज हुने निर्माण टिमको विश्वास रहेको छ । शो टुरिजम क्षेत्रमा लामो समयदेखि सकृय ट्रेकिङ्ग टिम, प्रोडक्सन, ग्रफिक्स तथा एडभर्टाईजिङ्गमा सकृय ब्राण्डलेन्सर र स्टुडियो कृयोको निर्माण रहेको शोको व्यवस्थापन तथा निर्माण ब्राण्डलेन्सर र स्टुडियो कृयोले गरिरहेका छ ।

अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुने शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिनेछ । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’ निर्देशक सौगातले थपे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप