बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कृष्ण राईलाई दिने निर्णय

आइतबार, १२ असार २०७९, १७ : ३९
आइतबार, १२ असार २०७९

यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ धरानका कृष्ण राईले पाउने भएका छन् । सोताङ अर्गानिक फार्मका उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनले आइतबार राजधानीमा आयोजना पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

आगामी असार १४ गते राजधानीको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमका बीच उनलाई पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  पुरस्कार हस्तान्तरण गर्नेछन् । 
२०५४ सालदेखि अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा योगदान गर्दै आएका राईलाई कृषि क्षेत्रमा नविन प्रयोग गरेबापत सो पुरस्कार प्रदान गरिएको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिए । 
मदन भण्डारी राष्ट्रिय पुरस्कार यसअघि हास्य कलाकार मह जोडी, शहीद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र सामाजिक अभियान्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेसन ’, प्रा.डा. सुवोध शर्मा,  स्टाफ नर्स सुनिता सहकरी र एम्बुलेन्स चालक होमबहादुर गुरुङलाई प्रदान गरिएको थियो । 

यसैगरी प्रेरणा महिला माध्यमिक विद्यालय ललितपुरलाई ‘मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । यस वर्षदेखि स्थापना गरिएको सो पुरस्कार समाज परिवर्तनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति वा संस्थालाई प्रदान गर्ने नीतिअनुरुप सो विद्यालयलाई दिने निर्णय भएको लामाको भनाइ छ ।

उमेर र विपन्नताको कारण शिक्षाको पहुँचबाट टाढा रहेका किशोरी र महिलाहरुलाई विद्यालय शिक्षाको पहुँच पु¥याउने अभियानको नेतृत्व विद्यालयले गरेको फाउन्डेसनको मूल्यांकन छ । 
पुरस्कारको राशि प्रमाणपत्रसहित १ लाख रुपैयाँको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप