
ADVERTISEMENT
कर्णालीका तीन खेलाडी जिते रजत र कास्य पदक

कर्णालीका तीन जना खेलाडीले रजत र कास्य पद जितेका छन् । दशरथ रंगशालामा भएको ४४ औं राष्ट्रिय एथलेटिक्स खेलमा कर्णालीबाट सहभागि खेलाडीमध्ये तीन जनाले रजत र कास्य पदक जितेका हुन् । दौडमा राममाया कुमारी बुढाले ८ सय मिटर दौडमा रजत पदक जितेकी छन् भने डिल्ली भण्डारी २ सय मिटर दौडमा कास्य पदक जित्न सफल भएका हुन् ।
कर्णालीको टिमकोच मनराज शाहीका अनुसार कर्णालीबाट एथलेटिक्स खेलमा सहभागि कविता बिसीले महिला हाईजम्पमा काश्य पदक जितेकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ