
भरतपुर महानगरपालिकाको बजेट पारित
भरतपुर महानगरपालिकाको शुक्रबार सुरू भएको एघारौं नगरसभा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्ब ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष ०७९–८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो ।
सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन् । सबै जना जनप्रतिनिधिको एक मात्र उद्देश्य र संकल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने बताइन् ।
महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समाधानको लागि सधै सल्लाह सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गरिन् । अहिले वडामा रु २ करोड ५० लाखका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ