शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम आलेले आफैंलाई दिए ९० नम्बर : २ सय ६३ दिन बितेको पत्तै भएन

आइतबार, १२ असार २०७९, १८ : ०८
आइतबार, १२ असार २०७९

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफूले मन्त्रालय सम्हालेको २ सय ६३ दिन बितेको पत्तो नै नपाएको बताएका छन् । मन्त्रीबाट राजीनामा घोषणाका लागि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले गरेका कामका फेहरिस्त प्रस्तुत गरेका छन् । मन्त्री आलेले आफु ‘एक्सन’मा विश्वास गर्ने बताउँदै आफूलाई कामको नतिजा छिटो चाहिने बताए । 

उनले मन्त्री पद सम्हाल्दा गरेको कामका आधारमा आफूले आफैंलाई ९० अंक दिएको बताए । आफू छिटो छरितो सेवामा विश्वास राख्ने बताउँदै उनले छलछाम गर्नेहरुलाई कारवाही गरेको बताए ।  उनले पर्यटन बोर्ड, वायुसेवा निगमका पदाधिकारी, नारायणहिटी, पशुपति लगायतका क्षेत्रमा गलत गर्नेलाई कारवाही गरेको बताए । उनीहरुलाई त्यहाँबाट हटाउँदा आफूलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दवावका साथै आर्थिक प्रलोभन पनि आएको र आफूले त्यसलाई अस्वीकार गरेको बताए । 

उनले भने– ‘म प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको राजनीतिक कार्यकर्ता हुँ । मलाई चाडै रिजल्ट चाहिन्छ । जनतालाई छिटो छरितो कसरी सेवा प्रदान गर्ने विषयलाई मैले उच्च प्राथमिकतामा राखेको थिएँ । यदि मलाई कसैले तपाई आफ्नो कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ भनेर पत्रकार साथीहरुले सोध्नुहुन्छ भने मेरो उत्तर हुनेछ ९० प्रतिशत । मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’

उनले आफ्नो कार्यकालमा विमानस्थल सुधारका कामका साथै दर्जनौ सुधारका काम गरेको बताए । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम मुलुकमा जाने नेपालीका लागि भिआइपी कक्ष निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको बताए । उनले यी दुवै विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याइएको बताए । 

उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेलेको प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धन्यावाद समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप