बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काम गर्दा गल्ती बोल्ने नियत थिएन, समयले मागे फेरि मन्त्री हुन्छु : प्रेम आले

आइतबार, १२ असार २०७९, १८ : ३५
आइतबार, १२ असार २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् । आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे । 

उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु । समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु । मैले  गरेको कामलाई पछि आउने मन्त्रीले निरन्तरता दिने आशा राखेको छु ।’

यसवर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिर्न मोदीबाट बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र सो कार्यक्रमको आफू अध्यक्षता गरेको विषयलाई पनि उनले आफ्नो सफलता मानेका छन् ।

उनले नेपालमा पहिलो पटक ५ हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्रीबाट उद्घाटन गराइएको बताए । लुम्बिनीलाई प्राकृतिक बनको रुपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातीका ४० हजार वृक्षारोपण कार्य सम्पन्न गरेको बताए । 

पशुपति क्षेत्रमा विश्वरुपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्ताहरुमा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रंगरोगन सरसफाई गरिएको र अन्य वर्षको तुलनामा गत बर्षको शिवरात्री भव्य र सभ्य रुपमा सफल भएको उल्लेख गरे । 

नेपालबाट हराएका ८६ वटा मुर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको आलेले बताए ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप