शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रामकुमारी झाँक्री : बालुवाटारमा राजीनामा बुझाएर मन्त्रालयबाट बिदाइ

आइतबार, १२ असार २०७९, १८ : ४१
आइतबार, १२ असार २०७९

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । झाँक्रीले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरी आठ महिना २० दिनको जिम्मेवारीपछि पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । 

त्यसअघि उनले आइतबार नै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएकी थिइन् । मन्त्रालयमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद मात्र दिइन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै झाँक्रीले आफूहरु पार्टीको निर्णयबाटै मन्त्री भएको भन्दै राजीनामाको सवालमा ‘काउन्ट डाउन’ सुरु गरेकोमा आफूलाई चित्त दुखेको बताइन् ।  

राजीनामासँगै उनलाई मन्त्रालयका कर्मचारीहरुले आइतबार नै विदाई (फेरि भेटौँला) गरेका छन् । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर, मन्त्रीहरुले बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएर सरकार छाड्ने बताउँदै आएका थिए । 

राष्ट्रियसभामा सहरी विकास मन्त्री झाँक्री र पर्यटन मन्त्री प्रेम आलेले आइतबार नै बजेटमाथिको उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा घोषणा कार्यक्रममा मन्त्री झाँक्रीले आफ्नो कार्यकालमा गरेको कामहरुको जनाकारी गराइएको थियो । त्यसमा सहरी विकास, फोहोर व्यवस्थापन, रेट्रोफिटिङ, विश्व बैंकहरुसँग भएको सहमति, जनता आवास कार्यक्रम, टुकुचा फोहोर पानी प्रशोधन लगायतमा महत्वपुर्ण कामहरुको सुरुवात भएको जानकारी दिइएको थियो । 

बिदाइ हुँदा रोइँन झाँक्री 
यसैबीच झाँक्री मन्त्रालयबाट बिदाइ हुँदा रोएकी छन् । मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् । उनले आँशु झरेपछि पटक पटक टिस्यु पेपेरले आशु पुछेकी थिइन् ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप