बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झाँक्रीले भनिन् – बजेटको डिफेन्स गर्ने रहर थियो

आइतबार, १२ असार २०७९, १८ : ४९
आइतबार, १२ असार २०७९

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बजेटको डिफेन्स गर्ने चाहनाले पार्टीले राजीनामा मागेको भन्दा केही दिन ढिलोमात्र पद छाड्नुपरेको बताएकी छन् । आइतबार सहरी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा अश्रुधारा झार्दै झाँक्रीले पार्टीको निर्णय मान्न तयार हुँदाहुँदै आफूहरुले थाहा नै नपाई पार्टी निर्णय मिडियाबाट सार्वजनिक भएकोमा केही चित्त दुखाई भएको सुनाइन् ।

उनले आफूलाई बजेटको डिफेन्स गर्ने रहर रहेको र राष्ट्रिय सभामा बजेटबारे उठेका प्रश्नको आइतबार जवाफ दिएपछि जिम्मेवारी छोडेको जानकारी पनि दिइन् । ‘खासगरी मलाई चाही बजेटको डिफेन्स गर्ने रहर थियो त्यो आजबाट सकियो’, झाँक्रीले बिदाइ कार्यक्रममा भनिन् । उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन भनेको सुनाउँदै आफूहरुले कुनै कसुरजन्य काम नगरेकाले राजीनामा दिनुपर्ने आवस्यकता नरहेको पनि बताइन् । ‘प्रधानमन्त्रीले पनि त्यही कुरा भन्नुभयो, सायद अब उहाँले भरे भोली नै मन्त्रिमण्डल हेरफेर गर्नुहुन्छ होला’, झाँक्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप