बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘अश्लील भिडियो’ चोरेर ७ करोड बार्गेनिङ गर्नेहरू धरौटीमा रिहा

आइतबार, १२ असार २०७९, २१ : ३६
आइतबार, १२ असार २०७९

‘अश्लील भिडियो’ चोरेर ७ करोड बार्गेनिङ गर्नेहरू धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृपाशुर कार्कीले शुक्रवार आरोपीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

जेठ १३ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रवण कार्की, सुरज शर्मा, उमेश भण्डारी, वर्षा खनाल उर्फ बसन्ता, धर्मराज थापा, टेक बिक र उदयपुरको त्रियुगा–१० घर भएका २१ वर्षीय सुजन आचार्यलाई पक्राउ गरेको थियो । अदालतले सुजन आचार्य, वर्षा खनाल र उमेश भण्डारीलाई जनही २ लाख ५० हजार धरौटी मागेको छ । धर्मराज थापा र टेक बिकसँग अदालतले जनही २ लाख रुपैयाँ धरौटी मागेको छ । श्रवण र सुरज जनही १ लाख धरौटीमा रिहा भएका छन् ।

चोरी गरेको भिडियो डिलिट गर्न एक महिलासँग ७ करोडमा मागेका उनीहरूले सो रकम नदिए भिडियो ‘भाइरल’ बनाउने धम्की दिएका थिए । पीडित महिला केही रकम दिन राजी भएकी थिइन् । तर, प्रतिव्यक्ति १ करोड मागेपछि उनी प्रहरीकहाँ पुगेकी थिइन् ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप