मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आजमगढ र रामपुर उपचुनावमा भाजपाको जित ऐतिहासिक : प्रधानमन्त्री मोदी

आइतबार, १२ असार २०७९, २१ : ४८
आइतबार, १२ असार २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको आजमगढ र रामपुर लोकसभा सीटका लागि भएको उपचुनावमा भारतीय जनता पार्टीको जित ऐतिहासिक भएको बताएका छन् ।

उनले भने, ‘आजमगढ र रामपुर उप चुनावमा विजय ऐतिहासिक छ। यसले केन्द्र र यूपीमा सरकारको लागि ठूलो स्वीकृति र समर्थनलाई सङ्केत गर्दछ। समर्थनका लागि जनताप्रति आभारी छु। म हाम्रा पार्टी कार्यकर्ताहरूको प्रयासको कदर गर्दछु।’

योसँगै त्रिपुरा विधानसभाको चार सिटका लागि भएको उपचुनावमा भाजपाले तीन स्थान जितेको छ । उपनिर्वाचनमा मुख्यमन्त्री माणिक साह विजयी भएका छन् । बीजेपीको यो सफलतामा प्रधानमन्त्री मोदीले भने, ‘म त्रिपुराका जनतालाई हाम्रो विकास एजेन्डामा विश्वास गरेको र उप चुनाव जित्नका लागि मुख्यमन्त्री माणिक साहलगायत हाम्रा उम्मेदवारहरूलाई आशीर्वाद दिनुभएकोमा धन्यवाद दिन्छु। हाम्रो सरकारले जनताको आकांक्षा पूरा गर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप