कृषिमा प्रदेश १ अगाडि

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९)मा उल्लेख छ ।
कृषि क्षेत्रमा मधेस प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत र गण्डकीको ९ दशमलव ६ प्रतिशत योगदान रहेको छ । मुलुकको समग्र औद्योगिक उत्पादन तथा सेवा क्षेत्रमा प्रदेश १ दोस्रो स्थानमा रहेको छ । प्रदेश १ मा उद्योग क्षेत्रको उत्पादनमा १९ दशमलव ६ प्रतिशत र सेवा क्षेत्रमा १२ दशमलव ५ प्रतिशत योगदान रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित
-
लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित
-
ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ: देउवा