शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुजाताले ल्याइन् ‘मेरो बोली सुन्दा’ फिमेल भर्सनमा

सोमबार, १३ असार २०७९, ०८ : ५४
सोमबार, १३ असार २०७९

करिब ११ वर्ष अघि सार्वजनिक गीत ‘मेरो बोली सुन्दा’ को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका सुजाता केसी स्वर रहेको गीतको मेल भर्सन रुपक डोटेलले गाएका थिए ।

मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको गीतमा उदय राज पौडेलको संगीत संयोजन छ । गीतको म्युजिक भिडियो दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीको अभिनय छ ।

सुजन श्रेष्ठले छायाँकन रहेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । गायिका केसीको यस अगाडि ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीतहरू ल्याएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप