शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोलसहित पक्राउ

सोमबार, १३ असार २०७९, ०९ : ०२
सोमबार, १३ असार २०७९

जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् ।

विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप