ad
x

आयरल्यान्डविरुद्ध भारत विजयी

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

घरेलु टोली आयरल्यान्ड पहिलो टी-२० खेलमा भारतसँग सात विकेटले पराजित भएको छ । वर्षाले १२ ओभरमा छोट्याइएको खेलमा जितसँगै भारतले दुई खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ । १०९ रनको विजयी लक्ष्य पछ्याएको भारतले नौ ओभर तीन बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो।


भारतका दीपक हुडाले सर्वाधिक ४७ रन बनाए । यस्तै, कप्तान हार्दिक पान्ड्याले २४ रनको योगदान गरे । आयरल्यान्डका क्रेग योंगले दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा चार विकेट गुमाउँदै १०८ रन बनाएको थियो । आयरल्यान्डका युवा ब्याटर ह्यारी टेक्टरले सर्वाधिक ६४ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहल एक विकेट लिए । अब,  दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।