मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने

सोमबार, १३ असार २०७९, ११ : ५१
सोमबार, १३ असार २०७९

चाइनिज सुपर लिग फुटबलको खेलहरुको प्रत्यक्ष प्रशारण नेपालमा एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ । 

पहिले चाईनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिगको नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । 

चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरुका लागि पनि आकर्षणको केन्द्रको  रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप