शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाटबजार हिँडेका २ नेपाली किशोरी भारतमा बलात्कृत, ४ जना लुटिए

सोमबार, १३ असार २०७९, ११ : ५१
सोमबार, १३ असार २०७९

दाङको सीमासँग जोडिएको भारतको मनिकापुरमा हाटबजार हिँडेका नेपाली चेलीको भारतमा बलात्कृत भएका छन् ।  दाङ राजपुर गाउँपालिका–६ कैरवानाका चेलीहरू बलात्कारसँगै लुटपाटमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार दिउँसो भारतको मनिकापुरमा लाग्ने हाटबजार हिँडेका ६ नेपाली किशोरीमध्ये २ जना सामूहिक बलात्कृत भएका हुन् । यस्तै ४ जना लुटपाटमा परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रवक्ता मुकुन्द रिजालले आइतबार दिउँसो हाटबजार हिँडेका ६ जना नेपाली किशोरीमध्ये भारतको जंगलमा २ जना माथि सामुहिक बलात्कार र ४ जना लुटपाटमा परेको जानकारी दिए । घटनापछि पीडितका आफन्त र स्थानीयहरुले उनीहरुको उद्धार गरेको डिएसपी रिजाल जानकारी दिए । 

घटनापछि स्थानीयले भारतको हरैया थानामा उजुरी दिए थिए । उजुरी पछि घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले चारजना पक्राउ गरेको उनको भनाइ छ । पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक कानुनी प्रक्रिया थालनी गरिसकेको जनाएको छ । घटनास्थलतर्फ नेपाली सुरक्षाकर्मीको टोली आज बिहान हिँडेको उनले बताए । थप कुरा नेपाली सुरक्षाकर्मीको सूचनाको आधारमा भन्न सकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप