बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुर्का र बिकिनीले बनेको बुर्किनीमाथिको प्रतिबन्धले मच्चायो हंगामा

सोमबार, १३ असार २०७९, १२ : ०९
सोमबार, १३ असार २०७९

करिब एक महिना अघि फ्रान्सको शहर ग्रेनोबलले स्विमिङ पुलमा मुस्लिम महिलालाई बुर्किनी लगाउन अनुमति दिएको थियो । यो निर्णयमाथि त्यहाँ निकै हंगामा भयो । मुद्दा सुरुमा तल्लो अदालत र त्यसपछि सर्वोच्च अदालतसम्म पुग्यो । २१ जूनको निर्णयमा अदालतले ग्रेनोबल शहरको निर्णयलाई रद्द गर्दै बुर्किनीमाथिको प्रतिबन्ध यथावत् राखेको छ । त्यसपछि बुर्किनीको विषयमा एउटा नयाँ बहस सुरु भएको छ ।

 बुर्किनीको कुरा गरिराख्दा तपाईंलाई यो के हो ? भन्ने कौतुहलता पनि जागेको होला । यसबारे एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ, जसलाई रातोपाटीले अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छ ।

बुर्का र बिकिनीले बनेको फुल बडी स्विमसुट

बुर्किनी एउटा यस्तो फुल बडी स्विमसुट हो जसमा अनुहार, हात र खुट्टाबाहेक बाँकी सबै अंग ढाकेको हुन्छ । बुर्किनी शब्द ‘बुर्का’ र ‘बिकिनी’ शब्दलाई मिलाएर बनाइएको हो ।

यो ड्रेस धेरै हदसम्म बुर्कासँग मिल्दोजुल्दो छ तर बुर्काभन्दा फरक यसमा अनुहार खुल्ला रहन्छ । बुर्किनोको प्रयोग मुश्लिम महिलाले इस्लामको नियमको दायरामा बसेर स्विमिङ पुलमा नुहाउनका लागि गर्ने गर्छन् ।

सबैभन्दा पहिला सन् २००४ मा बनेको थियो बुर्किनी

डिजाइनर

अहेदा जानेटी

सबैभन्दा पहिला प्रतिबन्ध

सन् २०१६ मा फ्रान्सको शहर कान्सले लगायो

हालैको विवाद

फ्रान्सको शहर ग्रेनोबलले बुर्किनीमाथिको प्रतिबन्ध हटायो, अदालतले पुनः लगायो प्रतिबन्ध

डिसेम्बर सन् २०१८ मा जर्मन शहर कोबलेन्जले प्रतिबन्ध लगायो । सन् २०१९ मा अदालतले हटायो । सन् २०१४ मा मोरोक्कोको टुरिस्ट हटस्पट्सका केही नीजि पुलले प्रतिबन्ध लगायो । डिसेम्बर सन् २०१७ मा जिनेभाले बुर्किनीमाथि प्रतिबन्ध लगायो ।

अष्ट्रेलियाली फेसन डिजाइनरको दिमागको उपज हो बुर्किनी

बुर्किनीको अस्तित्वमा आउनुको कहानी निकै रोचक छ । बुर्किनी सबैभन्दा पहिला सन् २००४ मा लेबनान मूलकी एक अष्ट्रेलियाली मुस्लिम फेसन डिजाइनर अहेदा जानेटीको डिजाइन थियो ।

जानेटीले बुर्किनी डिजाइन गर्नुको पछाडिको कहानी द गार्जियनका लागि आफ्नो एउटा लेखमा बताएकी थिइन् । जानेटीले भनिन्, ‘एकपटक मैले आफ्नी भतिजीलाई हिजाब लगाएर नेटबल खेलिरहेको देखेँ । त्यसपछि मैले यस्सो सोचेँ, महिलाका लागि एउटा यस्तो ड्रेस चाहिएको छ जुन स्पोर्टस्को हिसाबले आरामदायी होस् । जसले पश्चिमा जीवनशैली अपनाउनुका साथै मुस्लिम महिलाको आवश्यकता पनि पूरा गरोस् । यसैबाट मेरो दिमागमा बुर्किनीको कन्सेप्ट आयो ।’

एकपटक जानेटीले द गार्जियनका लागि आफ्नो सम्पादकीयमा लेखेकी थिइन्, ‘मैले सन् २००४ मा बुर्किनी डिजाइन गर्दा यसलाई महिलाको स्वतन्त्रता दिनका लागि बनाइएको थियो, त्यो खोस्नका लागि थिएन ।’

हुन त बुर्किनी शब्दको कपिराइट जानेटीको कम्पनी अहिदासँग छ तर अब यो शब्द यति लोकप्रिय भइसकेको छ कि बुर्किनी शब्दको प्रयोग त्यससँग मिल्दोजुल्दो स्विमसुटका लागि पनि व्यापक रुपमा हुन थालेको छ ।

बुर्किनीमाथि सन् २०१६ मा फ्रान्सले प्रतिबन्ध लगाएको थियो

बुर्किनीमाथि सबैभन्दा पहिला सन् २०१६ मा फ्रान्सले प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध अघि नै जानेटीको कम्पनी अहिदाले विश्वभरी ७ लाखभन्दा बढी बुर्किनी बेचिसकेको थियो । मुस्लिम महिलाका साथै यो ड्रेस गैर मुश्लिम र क्यान्सर पीडितबीच पनि निकै लोकप्रिय भयो ।

जेनेटीले सन् २०१६ मा पोलिटिकोलाई दिएको एउटा अन्तरवार्तामा बुर्किनीका करिब ४० प्रतिशत खरिद गैर–मुस्लिमले गरेका छन् ।

जेनेटीले भनिन्, ‘हामीले बुर्किनीलाई यहुदी, हिन्दु, इसाइ र शरीरका विभिन्न समस्याद्वारा ग्रसित महिलालाई बेचेका छौँ । यहाँसम्म कि पुरुष पनि यो खरिद गर्न चाहन्छन् ।’

फ्रान्समा सन् २०१६ देखि बुर्किनीमाथि प्रतिबन्ध लगाइएको छ

फ्रान्सले धर्मनिरपेक्षतालाई उद्धृत गर्दै सार्वजनिक रूपमा धार्मिक प्रतीकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । फ्रान्सले पगडी, हिजाब, हेडगियर र क्रुसिफिक्स वा क्रस जस्ता धार्मिक प्रतीकहरू स्कूल र कार्यालयलगायत सार्वजनिक स्थानहरूमा प्रयोग गर्न निषेध गर्दछ ।

फ्रान्सले सन् २००४ मा विद्यालयमा हिजाब लगाउन प्रतिबन्ध लगाएको थियो । सन् २०११ मा फ्रान्सले बुर्कामा प्रतिबन्ध लगाएको थियो ।

अगस्ट २०१६ मा, फ्रान्सेली शहर कान्सले पहिलो पटक सार्वजनिक स्विमिङ पूलहरूमा बुर्किनीको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यसको केही दिनपछि फ्रान्सको नाइस सहरमा एक मुस्लिम महिलालाई समुद्र तटमा प्रहरीले जबरजस्ती बुर्किनी फुकाल्न लगाएको भन्दै चर्को हंगामा भएको थियो ।

जम्माजम्मी, फ्रान्सका करिब ३० सहरहरूले स्विमिङ पुलमा बुर्किनीको प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।

बुर्किनीमाथि प्रतिबन्ध लगाउनुको पछाडि फ्रान्सका दुई तर्क

१. यो स्विमिंग पूलको कपडाको विषयमा बनाइएको नियमको उल्लंघन हो

२. यो उनको धर्मनिरपेक्षताको सिद्धान्तको उल्लङ्घन हो ।

फ्रान्सेली सरकारले स्विमिङ पुलमा लगाउन मिल्ने स्विमसुटका प्रकारका सम्बन्धमा कडा नियम बनाएको छ । फ्रान्सेली अधिकारीहरूले सार्वजनिक स्विमिङ पुलहरुमा लुगा सम्बन्धी कडा नियमहरू स्वास्थ्य कारणहरूका लागि बनाइएको दाबी गर्छन् ।

यो नियम अनुसार त्यहाँ स्विमिङ क्याप लगाउनुपर्छ । पुरुषहरूलाई ब्यागी स्विम ट्रंक (हाफ प्यान्ट), ब्यागी स्विमसूट, वेटसूट वा सन प्रोटेक्सन सूट लगाउन अनुमति छैन ।

बुर्किनी विरोधीहरूले यसलाई ‘चरमपन्थी इस्लामी पोशाक’ भन्छन्

धेरै मुस्लिम महिलाहरूले बुर्किनी प्रतिबन्ध सम्बन्धी फ्रान्सेली अदालतको आदेशको आलोचना गरेका छन् । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले यसलाई धर्मनिरपेक्षताको विजय भनेका छन् ।

तर, बुर्किनीको विरोध फ्रान्समा नयाँ होइन । २०१६ मा, कान्सका मेयर डेभिड लिस्नार्डले बुर्किनीलाई चरमपन्थी मुस्लिमहरूको पोशाक भनेका थिए ।

बुर्किनीका आलोचकहरूले यसलाई फ्रान्सेली समाजमा पृथकतावादी दृष्टिकोण सिर्जना गर्ने प्रयासको रूपमा हेर्छन् । उनीहरूले बुर्किनीलाई अनुमति दिँदा मुस्लिम महिलाहरूलाई लगाउन दबाब पर्ने तर्क गर्छन् ।

दक्षिणपन्थी नेता मारिन ले पेनले बुर्किनीलाई ‘इस्लामिक प्रचारको पोशाक’ भनी निन्दा गरेकी छिन् ।

अर्कोतर्फ, बुर्किनीका समर्थकहरूले भने महिलाहरूले आफूले चाहेको खण्डमा आफ्नो शरीर छोपेर राख्न सक्ने विकल्प हुनुपर्ने बताएका छन् । तिनीहरु भन्छन्, ‘यसको मतलब धार्मिक अतिवाद होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप