शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रसुवागढी हाइड्रोपावरको आईपीओ बिक्री खुला

सोमबार, १३ असार २०७९, १२ : १२
सोमबार, १३ असार २०७९

रसुवागढी हाइड्रोपावरको ६८ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) सोमबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय वासिन्दाहरुका लागि ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

यो सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै प्रभावित क्षेत्रमा गोसाइँकुण्ड गाउँपालिकाका वडाहरु ४, ५ र ६ र बाँकी रहेको जिल्ला भरका बासिन्दाहरुलाई उक्त सेयर निष्काशन गरेको हो । 

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि क्रमशः ४.५ ः १.५ ः १ अनुपातमा सेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओको निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ । सो अवधिभित्र सबै सेयरको माग नपरेको खण्डमा भने ढिलोमा साउन १० गतेसम्म आईपीओ खुला हुने हुनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप