शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘लू’ का निर्देशकमा प्रदीपको इन्ट्री

सोमबार, १३ असार २०७९, १२ : १६
सोमबार, १३ असार २०७९

नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’ माथि बन्ने फिल्मको निर्देशन प्रदीप भट्टराईले गर्ने भएका छन् । फिल्म निर्देशनको बिषयमा निर्माण कम्पनी कारो फिल्मस्का तर्फबाट निशा खरेल र निर्देशक भट्टराईबीच कागजी सम्झौता भएको छ । जसको जानकारी दिर्नेशक भट्टराईले सामाजिक संजाल मार्फत गराएका छन् ।

‘जात्रा’, ‘शुत्रे गते’ र ‘जात्रै जात्रा’ गरी तीन सफल फिल्म दिएका भट्टराई अहिले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर ‘महापुरुष’ निर्देशन गरिरहेका छन् । त्यो सकाएपछि उनले ‘लु’ थाल्नेछन् ।
निर्मात्री निशाले ‘लू’ उपन्यासको मर्मलाई पर्दामा उतार्न सक्ने क्षमता आफूले प्रदीप भट्टराईमा देखेको बताएकी छन्  ।
निर्देशक भट्टराईले पनि शब्दलाई दृश्य भाषामा उतार्न कुनै कसुर नछाड्ने बताए ।

‘लू’ मा कालीप्रसाद बाँस्कोटाले संगीत दिँदैछन् । फिल्मका लागि कलाकारको टुंगो लागि सकेको छैन । फिल्मको आगामी मंसिरबाट छायांकन थाल्ने तयारीमा निर्माण छ । पश्चिम नेपालको सीमावर्ती क्षेत्रका अवधिभाषी पात्र र तिनका जीवन भोगाइहरूलाई ‘लू’मा उतारिएको छ । यो उपन्यासमाथि २०७३ सालमा सरिता साहको निर्देशनमा मण्डला थिएटरमा नाटक समेत मञ्चन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप