शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ सय लिटर पाम तेलसहित चार जना पक्राउ

सोमबार, १३ असार २०७९, १२ : २८
सोमबार, १३ असार २०७९

बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ वर्षीय मुन्ना अन्सारी र बारा, परवानीपुर–१ का २२ वर्षीय सञ्जय महतो छन् ।

उनीहरुले भारतीय सीमावर्ती बजारबाट पाम तेल भित्र्याएका  हुन् । तेलसहित ना २ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । करिब ३ लाखको पाम तेल र किराना समान प्रहरीले बरामद गरेको हो । बारा प्रहरीले भ्यान, बरामद समान तथा चार जनालाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार पठाउने तयारी गरेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी गराए । नेपालमा भन्दा भारतमा पाम तेल सस्तो भएपछि तस्करी सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप