
दुःखी हुँदै फर्कियो महिला क्रिकेट टिम

एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनल बाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो । युएई विरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर बाहिरिनुपरेकोमा दुःख व्यक्त गरे । समग्रमा नेपालको प्रदर्शन राम्रो भए पनि वर्षाका कारण नेपाल अभागी सावित भएको टमाटाको भनाइ छ । अबका दिनमा थप मिहिनेत गरेर टिमलाई बलियो बनाउने उनको प्रतिबद्धता छ ।
नेपाली टिमकी कप्तान रुबिना क्षेत्रीले वर्षाका कारण युएइसँगको खेल रद्ध हुँदा धेरै घाटा लागेको बताइन् । युएइजस्तो बलियो टिमलाई ८० रनमै अलआउट गरेपछि खेल आफूहरुले जित्ने अपेक्षा गरेको तर वर्षाले खेल्न नपाएपछि बाहिरिनुपरेको क्षेत्रीले बताइन् ।
समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल सामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान भएकाले नेपाल फाइनल प्रवेश गरेको भए एसिया कपमा छनौट हुन्थ्यो । तर नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भएको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ