१५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । सो ऋणपत्र मंगलबार सार्वजनिक बोलकबोल मार्फत जारी गरिने बैंकले जनाएको छ ।
सोमबार एक सूचना जारी गर्दै बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको सर्त पुरा गरेर तोकिएकै समय भित्र दरखास्त दिन आग्रह गरेको छ ।
असार १५ गते निष्काशन हुने यस ऋणपत्रको बोलकबोल असार १४ गते अपरान्ह ३ बजे हुने बैंकले जनाएको छ ।
कुल ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीमार्फत र बाँकी १५ प्रतिशत अर्थात् २ अर्ब २५ करोड रुपैयाँ विना प्रतिस्पर्धा बाँडफाँड गरिने समेत बैंकले जनाएको छ । ऋणपत्रको ब्याज भुक्तानी बैंकले अर्धवार्षिक (६÷६ महिना) मा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बैंक लिमिटेड गोलबजार शाखाको भवन उद्घाटन
-
केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने माओवादीको तयारी, नवप्रवेशीलाई प्राथमिकता
-
गण्डकीको सांसदमा सुनिता थापाले लिइन् शपथ
-
कृषि प्राविधिकको विवरण उपलब्ध गराउन मन्त्रालयको आग्रह
-
दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ : अध्यक्ष ढकाल
-
अनुसन्धानात्मक लेख तथा रचना उपलब्ध गराउन विभागको आग्रह