बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गैरकानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल औषधी उत्पादक संघको माग

सोमबार, १३ असार २०७९, १४ : ५६
सोमबार, १३ असार २०७९

नेपाल औषधी उत्पादक संघले नक्कली औषधीको अवैध बिक्रीवितरण, प्याकिङ, लेबलिङ्ग र अधिकतम बिक्री​मुल्य प्रिन्ट गरी बजारमा पठाइएको भन्ने भ्रमात्मक कुराप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले सोमबार एक विज्ञप्ति जारी गरी गोदामहरूमा छापा मार्दा बरामद भएका वस्तुहरु नेपाली औषधी उद्योगले उत्पादन गरेका औषधीहरु नभएर न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टहरु रहेको जानकारी दिएको हो । संघले नेपालमा उत्पादन तथा बिक्रीवितरण हुने औषधीहरु औषधी व्यवस्था विभाग बाट गुणस्तरको सुनिश्चितता गरी दर्ता भइ बजारमा पठाउने गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केही वर्ष यता बजारमा न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टको नाममा औषधी कै बनावट र प्याकिङ्गमा बिक्रीवितरण भइरहेका छन् । औषधीभन्दा कयौं गुणा बढी मुल्य लिइ यस्ता उत्पादन बिक्रीवितरण भइरहेको संघले जनाएको छ । औषधीजन्य पदार्थ मात्र विक्रि गर्ने अनुमति पाएका औषधी पसलबाट निर्वाध रुपमा यस्ता बस्तुहरु विक्रि हुँदा समेत सम्बन्धित निकाय मौन रहको संघको आरोप छ ।

जारी विज्ञप्तिमा नेपाली औषधी उद्योगहरूले सजिलै बनाउन सक्ने यस्तै प्रकारका उत्पादनहरु आयात गर्न पाउने, थोक तथा खुद्रा बिक्रेताहरूद्वारा बिक्रीवितरण गर्न पाउने, चिकित्सकहरुले सिफारिस गर्न पाउने तर नेपाली औषधी उद्योगले भने बनाउन नपाउने नीतिले स्वदेशी उद्योगहरु देश भित्र नै बञ्चित रहेको भनिएको छ ।

 ।  

 कानुन विपरित न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टका उत्पादनहरुमा आँफै लेबलिङग, प्याकिङग तथा मुल्य प्रिन्ट गर्ने जस्ता गैरकानुनी कार्य गर्ने सबैलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न संघले माग गरेको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप