शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलयालम अभिनेता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा पक्राउ

सोमबार, १३ असार २०७९, १५ : ४२
सोमबार, १३ असार २०७९

मलयालम सिनेमाका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् ।

समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार केरला उच्च अदालतको आदेशपछि विजय बाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएका थिए ।

केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिएको छ र उनलाई प्रहरीले छिट्टै रिहा गर्ने विश्वास गरिएको छ ।

विजय बाबु रिहा हुनुअघि प्रहरीले घटना भएको स्थानबाट प्रमाण संकलन गर्ने बताइएको छ ।

अदालतले विजय बाबुलाई अनुसन्धानमा सहयोग गर्न आदेश दिएको थियो र उनलाई यस विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै समाचार माध्यमबाट चर्चा नगर्न पनि भनिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप