शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिष्कार

सोमबार, १३ असार २०७९, १५ : ४३
सोमबार, १३ असार २०७९

नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्ट्रममा बोलाउने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।

एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाए । उनले प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो नगरेको भन्दै आपत्ति जनाए ।

त्यसलगत्तै एमाले सांसद बैठक बहिस्कार गरेर बाहिरिए । सभाध्यक्ष तिमिल्सिनाले बैठक बहिष्कार नगर्न पटकपटक आग्रह गरे पनि एमाले सांसदले त्यसलाई स्वीकार गरेनन् । एमाले सांसदको बहिष्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिए । अर्थमन्त्रीको जवाफ सकिएपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप