शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा पुनः २३ अंकको गिरावट, २ अर्बको कारोबार

सोमबार, १३ असार २०७९, १५ : ४६
सोमबार, १३ असार २०७९

दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यसदिन नेप्से सूचक २३.८५ अंकले घट्दै १९३३.१३ अंकमा झरेको छ । यस्तै, आज ‘क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.०२ अंकले घट्दै ३७५.८२ अंकमा ओर्लिएको छ । 

तर, समग्रमा २३ अंक माथिले घटेको बजारमा आज २ अर्ब माथिको कारोबार भएको छ । यसदिन जीवन बीमा र इन्भेष्टमेन्ट समूह बाहेक अन्य समूहहरूको उपसूचक ऋणात्मक भएका छन् भने सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.५१ प्रतिशतले घटेको छ । 

यस्तै हाइड्रोपावर समूहको उपसूचक आज २.७५ प्रतिशतले घट्न पुगेको छ । आज सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले क्रमशः ९.९९ र ९.९६ प्रतिशतले कमाएका छन् भने उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप