शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२२० किलोबाट ७५ किलोको भए अदनान सामी, यी चिज खाएर घटाए तौल

सोमबार, १३ असार २०७९, १६ : २९
सोमबार, १३ असार २०७९

भारतीय गायक अदनान सामीको ‘लिफ्ट करा दे’, ‘भीगी–भीगी रातों में’ जस्ता गीत धेरैले सुनेका होलान् । अदनान सामी सफल सङ्गीतकर्मी तथा गायक हुन् । धेरै पटक उनलाई उनको तौलको कारण ट्रोल पनि गरिन्थ्यो । उनको तौल धेरै थियो र यसैकारण उनी बडी सेमिङको शिकार हुन्थे । एकातिर उनका हिट गीत थिए र अर्कोतर्फ उनको बढेको तौल । केही वर्ष अघिसम्म अदनानको तौल करिब २२० किलो थियो तर अब उनी ७५ किलोको मात्रै छन् । उनको यो गज्जबको ट्रान्सफर्मेशनको पछाडिको कारण उनको मिहिनेत, स्ट्रिक्ट डाइट र शारीरिक क्रियाकलाप हो । अदनानले कसरी आफ्नो तौल घटाए, यसबारे जानकारी लिऔँ ।

अदनान सामीको जीवनको टर्निङ पोइन्ट

जानकारीका अनुसार अदनान सन् २००५ मा अचानक इन्डष्ट्रिबाट गायब भएका थिए । केही समयपछि जब उनी सार्वजनिक रुपमा देखिन थाले उनी निकै स्लिम भइसकेका थिए, उनलाई झ्वाट्ट हेर्दा चिन्न गाह्रो भइसकेको थियो ।

अदनानले सन् २००५ मा लिम्फेडेमाका लागि शल्यक्रिया गराएका थिए र यसका लागि उनले ३ महिनासम्म बेड रेस्ट गर्नुपरेको थियो । यो क्रममा उनको मोटोपना यति बढिसकेको थियो कि उनको मांसपेशी मुनीको बोसो फोक्सोसम्म पुगिसकेको थियो र उनलाई सास फेर्न समस्या हुन थालेको थियो । उनलाई डाक्टरले तौल नघटाए उनी ६ महिनाभन्दा बढी नबाँच्ने चेतावनी पनि दिएका थिए । त्यसपछि परिवार र साथीहरुको सहयोगमा उनले ह्युस्टन (टेक्सास) मा एक पोषणविद्को निर्देशनमा बसेर आफ्नो तौल घटाउन सुरु गरे । अदनान सामीले १६ महिनामा लगभग १५०–५५ किलो तौल घटाउन सफल भएका थिए ।

शल्यक्रिया बिना तौल घटाए

अदनान सामीले एक अन्तरवार्ताको क्रममा उनले तौल कम गर्नका लागि कुनै पनि शल्यक्रिया नगराएको बताए । तौल कम गर्नका लागि मानिसहरु लिपोसक्सन शल्यक्रिया गराउँछन् जसमा शरीरको अनावश्यक बोसो हटाइन्छ । उनले भने, ‘कुनै २२० किलोको व्यक्तिका लागि यो शल्यक्रियामार्फत् बोसो हटाउनु असम्भव थियो । त्यो मजस्तो धेरै तौल भएका व्यक्तिका लागि थिएन । लिपोसक्शन शल्यक्रियालाई लिपोस्क्लपचर वा सक्सन–असिस्टेड लिपक्टोमीको नामले पनि चिनिन्छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Adnan Sami (@adnansamiworld)

अदनानले थपे, ‘जब म आफ्नो तौल घटाउने यात्रा सुरु गरिरहेको थिएँ तब मैले अन्तिम पटक ‘म्यास पोटेटो’, असाध्यै धेरै नौनीसँग मासुका परिकार र ठूलो केक खाएको थिएँ । त्यसपछि मैले भोलिपल्ट नै लो कार्ब र हाई प्रोटिनयुक्त खानेकुरा खान सुरु गरेको थिएँ ।’

यसरी बढेको थियो अदनानको तौल

अदनानले अन्तरवार्ताका बेला आफू पहिला देखि नै यति धेरै मोटो नभएको बताए । उनी स्कूलका दिनमा खेलकुदमा निकै सक्रिय थिए । ह्युस्टनमा जब उनले आफ्ना न्युट्रिसनिष्टलाई भेटे तब उनले अदनान इमोशनल इटिङका शिकार भएको पाए । इमोशनल इटिङ त्यो हो जसमा मानिसहरु स्ट्रेस र नेगेटिभ इमोसनबाट बाहिर आउनका लागि खानालाई नै सबैभन्दा राम्रो तरिका मान्ने गर्छन् । इमोशनल इटिङमा धेरैजसो मानिसहरु चकलेट, पिज्जा, आइसक्रिम, गुलियो खानेकुरा र जंक फुडको अत्यधिक सेवन गर्ने गर्छन् ।

अदनानले पनि तनावको व्यवस्थापन गर्नका लागि कार्ब्स, सुगर–फ्याटयुक्त खानेकुरा र नुन भएका खानेकुराको अत्यधिक सेवन गरे । उनलाई ती कुरा खाँदा अफसोस लागेपनि पछि ती खाइरहेका हुन्थे । त्यसपछि बिस्तारै उनको तौल बढ्दै गयो । न्युट्रिसनिस्टको सबैभन्दा ठूलो च्यालेन्ज भएको उनलाई इमोशनल इटिङबाट बाहिर निकाल्नु थियो ।

यस्ता खानेकुरा खान्थे अदनान

ह्युस्टनका न्युट्रिसनिस्टले अदनान सामीको इमोशनल इटिङको बानी छुटाए । त्यसपछि उनलाई कम क्यालोरी भएका खानेकुरा दिइयो । खानामा भात, ब्रेड र अस्वस्थकर जंक फुड समावेश थिएनन् । उनलाई सलाद, माछा र दाल खाने सल्लाह दिइएको थियो । दिनको सुरुवातमा उनी चिनी नहालिएको चिया खान्थे । दिउँसोको खानमा उनलाई सलाद र माछा दिइने गरिन्थ्यो । रातीको खानामा दाल वा चिकन दिइन्थ्यो । उनलाई चिनी नभएको ड्रिङ्क मात्रै पिउन अनुमति थियो । बिहानको समयमा नास्तामा पपकर्न खान्थे ।

यस्तो हुन्थ्यो अदनान सामीको वर्कआउट

जानकारीका अनुसार अदनान सामीको तौल यति धेरै थियो कि उनले निहुरेर हेर्दा आफ्नो खुट्टासमेत देख्दैनथे । उनी ४० किलो घटेपछि उनलाई ट्रेडमिलमा हिँड्न सल्लाह दिइयो र हल्का व्यायाम पनि गराइयो ।

भारतमा उनका ट्रेनरले उनलाई हप्तामा ६ दिन स्ट्रेन्थ ट्रेनिङ र कार्डियो एक्सरसाइज गराए । यस्तो गरेर हरेक महिना अदनानले लगभग १० किलो तौल घटाए । हाल उनको तौल ७५ किलो भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप