बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरू आउँदा विमानस्थलमा खादामाला नलैजानुस् : एमाले उपाध्यक्ष पौडेल

सोमबार, १३ असार २०७९, १६ : ३०
सोमबार, १३ असार २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सरल जीवनको छुट्टै महत्व हुने बताए ।

कुनै ठूलो उपाधि ओलम्पियन जितेर आएकालाई सम्मान गर्न उनले आग्रह गरे । 'नेता काठमाडौंबाट जिल्लामा आउँदा गाडी छैन भने, बरु एउटा गाडी पठाइदिनुस् । तर गाडीका लस्कर, नेता/कार्यकर्ता लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक छैन,' उनले भने ।  पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तूति होइन, मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने । 

मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको पौडेलले बताए । जनताको बहुदलीय जनवादका अलगअलग विशेषतालाई नागरिकबीच पुर्‍याउन आफू निरन्तर लागिरहेको उनको तर्क थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप