शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता पौडेलले भने– संविधानकै जग भत्काउन खोजिएपछि यो गठबन्धन बनायौं

सोमबार, १३ असार २०७९, १६ : ३०
सोमबार, १३ असार २०७९

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानकै जग भत्काउन खोजिएपछि पाँच दलीय गठबन्धन बनाएको स्पष्ट पारेका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवाद ः चुनौति र सम्भावना विषयक कार्यक्रममा एमालेप्रति लक्षित गर्दै नेता पौडेलले संविधानको जगै भत्काउनेले समाजवादको कुरा गर्न नमिल्ने बताए ।

 ‘शंकरजीले भन्नुभयो काँग्रेसको नेतृत्वमा कहाँबाट समाजवाद आउँछ ? कहाँबाट समाजवादीको कुरा आयो भन्नुभयो । मलाई उहाँसँग छलफल गर्ने मन थियो । समाजवादबारे उहाँले के बुझ्नु भएको छ । मैले के बुझे भन्ने पनि होला’ नेता पौडेलले भने, ‘अहिलेको संविधानलाई यदि पूर्ण कार्यन्वयन गर्न सक्यौं भने हामीले समाजवादको जग बसाल्न सक्छौ  । यो संविधानलाई नै भत्काउन लाग्छौ भने संविधानको जग त्यहीँबाट भत्किन्छ । त्यसकारण उहाँले संविधानको जग भत्काउन खोज्नुभएको थियो । समाजवादको जग जोगाउन गठबन्धन बनेको हो ।’

अहिलेको संविधानले महिला, दलित जनजाति मुसलमान सबैको अधिकार सुनिश्चित गरेको बताउँदै संविधानमा भएको प्रावधानलाई कार्यन्वयन गरे मात्रै समाजवादको आधार निर्माण हुने बताए । अहिलेको पाँचदलीय गठबन्धन संविधान र लोकतन्त्र जोगाउन एक ठाउँमा आएको पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप