बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कारबाट पेस्तोल बरामद

सोमबार, १३ असार २०७९, १६ : ५९
सोमबार, १३ असार २०७९

धनुषाको सिमावर्ती क्षेत्रबाट अमेरिकन पेस्तोलसहित तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार धनुषाको महिनाथपुरस्थित नेपाल–भारत सिमा नाकाबाट पक्राउ पर्नेमा भारत बिहारको मुजफ्फरपुर–७ स्थित साहेबगन्ज बस्ने २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्वलकुमार र २६ वर्षीय संजयकुमार रहेको धनुषा प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटेको प्रहरी टोलीले धनुषाको विदेह नगरपालिका वडा नम्बर १ स्थित महिनाथपुर तर्फ सीमानाकामा जकपुरधामबाट भारततर्फ जाँदै गरेको बि आर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई चेकजाँच गर्नेक्रममा कारको अगाडीको सिट मुनिबाट मेड इन युएसए लेखिएको ७.६५ राउण्ड एक थान लोड भएको पेस्तोल बरामद गरेको हो ।

हतियारसहित पक्राउ परेका अभियुक्तहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप