बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीलाई प्रचण्डको प्रश्न– नेकपामा १९ पृष्ठको दस्तावेज कसले जन्मायो ?

सोमबार, १३ असार २०७९, ११ : ००
सोमबार, १३ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपामा १९ पृष्ठको दस्तावेज कसले जन्माएको भन्दै एमाले अध्यक्ष केपी ओलीलाई प्रश्न गरेका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवाद : चुनौति र सम्भावना विषयक कार्यक्रममा बोल्दै प्रचण्डले आफुले कम्युनिष्टहरू राम्रा हुन्छन् भनेर एकता गरेपनि एकपछि अर्को गल्ती गरेपछि १९ पृष्ठको दस्तावेज ल्याउन बाध्य भएको बताए ।

‘केपीजीले जसलाई पनि त्यो १९ पृष्ठको दस्तावेजले खतम बनायो भन्नुहुन्छ’ प्रचण्डले भने,‘ त्यो १९ पृष्ठको प्रतिवेदन कसले जन्मायो ? कम्युनिस्ट पार्टीभित्र यस्तै प्रतिक्रान्तिकारी, प्रतिगमनकारी,  संविधान विरोधी, अलोकतान्त्रिक गतिविधि भएकाले सच्याई जनताको बीचमा ल्याउनु परेको होइन ?’  तत्कालीन नेकपामा ल्याएको १९ पृष्ठको दस्तावेज आफ्नो मात्रै नभइ माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको समेत भएको प्रचण्डले बताए ।

ओली नेतृत्वको सरकारले गरेका गतिविधिलाई ऐतिहासिक सच्चाइको रुपमा जनताको बीचमा बाहिर ल्याएको बताए ।  ‘कम्युनिस्टहरु राम्रा हुन्छन् । उनीहरु वैज्ञानिक हुन्छन् । बिग्रेपछि कम्युनिस्ट जति नराम्रा कोही पनि हुँदैनन् । सबैभन्दा नराम्रा कम्युनिस्ट हुन्छन्’ प्रचण्डले चर्चा गर्दै भने, ‘माओले बढो राम्रोसँग भन्नुभएको छ । अण्डा धेरै फाइदाजनक चिज हो । सड्यो  भने त्यो भन्दा बढी गन्धा केही हुँदैन । हामीले सबै कम्युनिस्टलाई मिलाउन खोजेकै हो, राम्रा हुन्छन् भनेर आफ्ना सहकर्मीलाई देखि नसहने भयो । सम्झौता पालना केही गर्न नपर्ने भयो । बैठक, छलफल र बहस गर्ने नपर्ने एकाधिकारवादी भएपछि भ्रष्टाचारको पराकाष्टा भयो ।’

तत्कालीन नेकपामा हुँदा कति भ्रष्टाचार भयो भन्दै उनले शंकरजीलाई भन्न मन लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप