बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुख्खा बन्दरगाह पूर्णक्षमतामा सञ्चालन गर्ने मन्त्री बडूको निर्देशन

सोमबार, १३ असार २०७९, २० : ०९
सोमबार, १३ असार २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहको अवलोकन गरेका छन् । मन्त्री बडूले सोमबार चोभार सुख्खा बन्दरगाहको अवलोकन गरेका हुन् । त्यसक्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्री बडूलाई बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा जानकारी गराएका थिए ।

मन्त्री बडूले सुख्खा बन्दरगाहलाई सरकारको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई निर्देशन दिए । उनले सुख्खा बन्दरगाहमा एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका सुविधाबाट व्यापारीहरूको समय र लागत कम हुन भएकाले सरकारको लक्ष्यअनुसार सञ्चालन  निर्देशन दिएका हुन् ।

उनले गत चैत २२ गतेदेखि सञ्चालनमा आएको बन्दरगाहमा वीरगञ्ज नाकाबाट उपत्यकालगायत जिल्लाहरुमा आउने सम्पूर्ण ट्रक एवं कन्टेनरहरु नाकामा नै ‘डिजिटल लक’ भई सोझैआउनुपर्नेमा त्यसो नभएको बताए । सुख्खा बन्दरगाहबाट हालसम्म १२ वटा कन्टेनर मात्रै आएको भन्दै उनले सम्बन्धित पक्षहरुसँग समन्वय गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने निर्देशन दिए । उनले २२० रोपनीमा फैलिएको बन्दरगाहबाट सरकार र व्यवसायी दुबै पक्षले लाभ लिनसक्ने भएकोले अधिकतम लाभ लिने गरी निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप