किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै धर्ना

किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । ‘कृषि प्रधान देशमा किसानलाई मल, बीउबिजन उपलब्ध नहुनु बिडम्बना हो । माना रोपेर मुरी फलाउने बेलामा सरकार कानमा तेल हालेर बसेको छ ।
यसकारण कृषि ज्ञान केन्द्रमार्फत हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ पाँचथर जिल्ला आन्दोलन परिचालन समितिका संयोजक राजकुमार जोशीले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
‘एकातिर चर्को मूल्य वृद्धि छ भने अर्कोतिर मल, बिउको अभाव छ । यस्तो अवस्थामा आम जनताले गरी खान पाएका छैनन्, किसानले खेतीपाती गर्न पाएका छैनन् । त्यसैले सरकारको गैर जिम्मेवारीको हामी विरोध गर्दछौं,’ राप्रपाका जिल्ला नेता झलकमान थापाले भने ।
पार्टी कार्यालयबाट र्पालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले किसानलाई सहज रूपमा मल उपलब्ध गराऊ, सुफत मूल्यमा बिउ बिजन वितरण गर, कृषक बाली वीमा गर भनेर नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : अल्पमतको सरकारले बजेट कसरी ल्याउँछ ?
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने