
जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु

जाजरकोट कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले चौथो सन्तानलाई जन्म दिएपछि ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन् ।
समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाइ रहेको छ । सुत्केरी भएको ५ घण्टापछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन ।
स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान गएको प्रहरीले जनाएको छ । उनका दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्म दिएपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको तारा खड्काले बताएकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ