शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेँसीशहर–चामे सडक पुनःसञ्चालन

सोमबार, १३ असार २०७९, २१ : १२
सोमबार, १३ असार २०७९

लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड पुनःसञ्चालनमा आएको छ । यस सडकखण्डको सल्लाघारी भीरमा सडक ढलान गर्नका लागि आइतबारदेखि बन्द गरिएको थियो । 

बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा ढलान गर्नका लागि आइतबारदेखि सडक बन्द गरिएकोमा आज साँझ ६ बजेदेखि पुनः सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

यात्रा असहज भइरहेको थियो तर यहाँ ढलान कार्य सम्पन्न भएसँगै दुर्घटनाको जोखिम कम र यात्रा पनि सहज भएको उनको भनाइ छ । उक्त खण्डमा २० मिटर सडक ढलान गरिएको छ । यस सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । सवारीसाधन सञ्चालन भएपछि यतिबेला यात्रु आआफ्नो गन्तव्यमा गइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप