
न्युजिल्याण्डविरुद्ध इंग्ल्याण्डको क्लिन स्वीप

तेस्रो टेस्टको अन्तिम दिनमा ७ विकेटको जित हासिल गर्दै इंग्ल्याण्डले न्युजिल्याण्डविरुद्धको शृङ्खला ३-० ले क्लिन स्वीप गरेको छ । जीतका लागि २९६ रनको लक्ष्य पाएको घरेलु टोलीलाई अन्तिम दिनमा ११३ रन मात्र चाहिएको थियो । इंग्ल्याण्डले मात्र ६५ मिनेटमा उक्त लक्ष्य पछ्यायो ।
इंग्ल्याण्डका लागि जो रुटले नटआउट रहँदै ८६ रन बनाए भने जोनी ब्रेस्टो ७१ रन बनाउँदै नटआउट रहे । यसअघि ओली पोपले ८२ रन बनाए । न्युजिल्याण्डका लागि टीम साउथी र माइकल ब्रेसवेलले एक(एक विकेट लिए ।
यसअघि न्युजिल्याण्डले पहिलो इनिङमा ३२९ रन बनाएको थियो भने इंग्ल्याण्डले ३६० रन बनाएको थियो । दोस्रो इनिङमा न्युजिल्याण्ड ३२६ रनमा सीमित बनेको थियो । खेलमा १० विकेट लिएका ज्याक लिच प्लेयर अफ द म्याच चुनिए ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ