शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको महासचिवमा विक

सोमबार, १३ असार २०७९, २१ : २७
सोमबार, १३ असार २०७९

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महासचिवमा ललित विक चयन भएका छन् । संगठनको चौंथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो । 

संगठनले बैठकबाट सचिवको जिम्मेवारी प्रकाश जप्रेल र कोषाध्यक्षको जिम्मेवारी प्रतिमा चौधरीलाई दिने निर्णय गरेको छ । त्यस्तै संगठनले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय लिएको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । समान, निःशुल्क वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामुदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने निर्णय समेत बैठकले गरेको छ ।

क्रान्तिकारीका नवनियुक्त महासचिव विकले संगठनले दुरगामी निर्णय लिएको भन्दै आगामी दिनमा विद्यार्थी आन्दोलनको साख जोगाउने गरी काम गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप