शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार, १३ असार २०७९, २१ : ५१
सोमबार, १३ असार २०७९

कोटेश्वरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले  पैदलयात्रुलाई ठक्कर दिएको हो ।

हायसको ठक्करबाट स्याङजाको थेलचुङ घर भएका ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ । मोटरसाइकललाई  छल्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा रामेछाप नगरपालिका वडा ६ घर भएका हायसका सहचालक २३ वर्षका विमल सुनुवार घाइते भएका छन् भने चालक फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार हायसको अगाडिको भाग क्षतविक्षत भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप