केरला र महाराष्ट्रमा कोरोना सङ्क्रमण दर १५ प्रतिशत माथि
भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार त्यहाँ १५ हजार ५४ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने १६ जनाको मृत्यु भएको थियो । यही अवधिमा १३ हजार ४ सय ८५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । भारतमा हाल ९२ हजार ७२४ सक्रिय कोरोना संक्रमित छन् । यसभन्दा एक दिनअघि ११ हजार ५७८ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने २५ बिरामीको मृत्यु भएको थियो ।
आइतबार, भारतमा दैनिक सङ्क्रमण दर पनि २.५९ प्रतिशतमा झरेको छ, जबकि साप्ताहिक सङ्क्रमण दर ३.२५ प्रतिशतमा रेकर्ड गरिएको थियो। हालै भारमा सङ्क्रमण दर ४.३९ प्रतिशत पुगेको थियो । राज्यहरूमा कोरोनाको अवस्थाको कुरा गर्ने हो भने महाराष्ट्र र केरलाको अवस्था झन् खराब हुँदै गइरहेको छ।
अघिल्लो दिन महाराष्ट्रमा ६ हजार ४९३ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने ५ जनाको मृत्यु भएको थियो । प्रदेशमा कोरोना पोजिटिभ दर १६ दशमलव ४८ प्रतिशत पुगेको छ । उता केरलामा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७८ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । केरलामा कोरोना पोजिटिभ दर बढेर १७.१९५ पुगेको छ। योसँगै २६ हजारभन्दा बढी बिरामीले कोरोनाको उपचार गराइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै