
जसपासँग एकीकरण नगर्न नेतृत्वलाई लोसपा मधेस प्रदेशको सुझाव

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश समितिले जसपासँग एकीकरण नगर्न नेतृत्वलाई सुझाव दिएको छ । सोमबार जनकपुरधाममा सम्पन्न भएको लोसपा नेपाल मधेस प्रदेश समितिको बैठकले निर्वाचनको मुखमा आएर पार्टी एकीकरण नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको हो ।
बैठकमा संगठन सुदृढीकरण, स्थानीय निर्वाचनको समीक्षा, पार्टीको सांगठनिक अवस्थालगायतका विषयहरुमा छलफल गरिएको लोसपा नेपाल मधेस प्रदेश समितिले जनाएको छ । बैठकमा स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले पाएको मत र आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा अन्य पार्टीसँग चुनावी तालमेल गर्नेलगायतका विषयमाथि समेत छलफल गरिएको जनाइएको छ ।
बैठकमा लोसपा नेपालका मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिस्टसँग मिलेर मधेसलाई कमजोर बनाएको आरोप लगाए ।
मधेस प्रदेशसभामा लोसपा संसदीय दलका नेता समेत रहेका सोनलले मधेस आन्दोलनको मुद्दामाथि कुठाराघात गरेर पटक पटक धोका दिएकाहरुको असली चरित्र जनतालाई देखाउन र मधेसवादका लागि सक्रिय रहन आग्रहसमेत गरेका छन् ।
उनले बैठकमा भएका छलफल समेटेर केन्द्रीय कमिटीलाई प्रतिवेदन पठाउने निर्णय भएको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ