बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजुले बनाए टेलिशृंखला ‘परदेशी हजुर’

मङ्गलबार, १४ असार २०७९, ०८ : ४८
मङ्गलबार, १४ असार २०७९

राजु गिरीको निर्देशनमा टेलिश्रृंखला ‘परदेशी हजुर’ निर्माण भएको छ । बढ्दो बेरोजगारी र गरिबीका कारण युवाहरु विदेश पलायन हुन बाध्य भएको कथा टेलिश्रृखलाले देखाएको छ । 

बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुषोत्तम ढुंगाना लगायतका कलाकारको अभिनय टेलिश्रृखलामा देख्न सकिन्छ ।

५२ भागसम्म निर्माण हुने टेलिश्रृखलाका निर्माता सुभाष पुरी हुन् । निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ । टेलिश्रृंखला हरेक शनिबार मेघा टेलिभिजन र ‘परदेशी हजुर’ नामक युट्युबबाट समेत प्रसारणमा आउनेछ । 

टेलिश्रृंखलाको गीत भने समीक्षा अधिकारीको स्वर, राजु बस्नेतको स्वर, नविन कार्कीको गीतमा संगीत संयोजन चन्द्र चौधरीको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप