बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

६५ औँ जोन्टा अन्तरार्ष्ट्रिय सम्मेलनमा नेपालको पनि सहभागिता

मङ्गलबार, १४ असार २०७९, ०९ : २५
मङ्गलबार, १४ असार २०७९

६५ औ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको पनि सहभागिता हुने भएको छ । 

 नेपालको तर्फबाट १५ सदस्यीय  प्रतिनिधि मण्डलको नेतृत्व  गर्दै  जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष  आभा शाह यति बेला चार दिने अन्तर्राष्ट्रिय सम्मेलनमा   भाग लिन जर्मनीको ह्यामबर्गमा पुगेकी छिन्  ।

सम्मेलनमा  झण्डै २७८५  राष्ट्रिय जोन्टा  सदस्यहरुको सहभागीता रहने छ ।  जोन्टा एक  गैर नाफा मुलक संस्था हो । यो संस्थाको सञ्जाल विश्वका ६४ वटा मुलुकमा फैलिएको छ । नेपालमा विगत ९ वर्ष देखि स्वाथ्य , शिक्षा ,मानवाधिकार  ,समानता र आर्थिक सशत्तिकरण , बालविवाह र मानव बेचबिखन  रोकथाम, लैङिगक हिंसा रोकथाम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

जोन्टा अन्तर्राष्ट्रिय संस्थाको भिजन महिलाहरूलाई सेवा र वकालतमार्फत् विश्वव्यापी रुपमा सशक्तिकरण गराउनु हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप