मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका मन्त्री फेरिएसँगै पहिलो क्याबिनेट बैठक बस्दै

मङ्गलबार, १४ असार २०७९, ११ : ०७
मङ्गलबार, १४ असार २०७९

एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।  प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् । 

बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । 

त्यसैगरी जसपाले पनि हालका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेकोले सो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको अन्तिम बैठक हुन सक्ने जसपा निकट स्रोत बताउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप