चट्याङ्ग लागेर रुपन्देहीमा एक जनाको मृत्यु
मङ्गलबार, १४ असार २०७९, १२ : ०४
मंगलबार विहान रुपन्देहीको सियारी गाउँपालिकामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै चट्याङ्ग लागेर जिल्लाको सियारी गाउँपालिका–२ निवासी ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार खेतमा काम गर्न गएको बेला विहान साढे ८ बजेको समयमा चट्याङ्ग लागेर बरहीको मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि अहिले भैरहवाको भीम अस्पतालमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्क मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव